सरकार बिचौलियाको नियन्त्रणमा छ : प्रचण्ड
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रविरुद्ध प्रतिक्रियावादी शक्तिहरुबाट षड्यन्त्र भइरहेकाले एकताबद्ध हुन आग्रह गरेका छन् ।
काठमाडौंमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले माओवादी क्रान्तिबाट प्राप्त भएका उपलव्धीहरुमाथि बिभिन्न कोणबाट प्रहार हुन थालेको भन्दै क्रान्तिको उपलव्धीको रक्षाका साथै समाजवादतर्फ देशलाई डोराउन एकतावद्ध हुनुपर्ने वताए ।
उनले संविधान पार्टीले चाहे अनुसार निर्माण गर्न नसकिएपनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको उल्लेख गर्दै अहिले संविधान कार्यान्वयन भन्दा संविधान विरुद्ध गतिविधि भइरहेको बताए । उनले हालको सत्ताको वास्तविक शक्ति नेताहरू नभइ, बिचौलियाहरूले नियन्त्रणमा लिएको आरोप लगाए ।







