सहुलियत पसल सञ्चालन हुने

User Image Prime TV News १० महिना अगाडि
Image of सहुलियत पसल सञ्चालन हुने

काठमाडौ, (रासस)। दशै तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।  विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो ।

कम्पनीका अनुसार वर्ष चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका अनुसार भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गरिने जनाएको छ । खाद्यान्न र चिनीमा प्रतिकेजी रु ५ छुट दिइनेछ भने तेलमा प्रतिलिटर रु सात छुट दिइनेछ ।