जेनजी युवाको आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा

User Image Prime TV News १० महिना अगाडि
Image of जेनजी युवाको आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा

काठमाडौ । जेनजी युवाको आन्दोलनमा मृत्यु भएका सबैलाई सरकारले शहीद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। यस निर्णयमा आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले हस्ताक्षर गरेकी छन्।

मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाले ज्यान गुमाएका छन्। साथै, १३४ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भएका छन्।