वेस्ट इन्डिजसँगको टी–२० सिरिजको लागि नेपाली क्रिकेट टोलीको घोषणा

User Image Prime TV News १० महिना अगाडि
Image of वेस्ट इन्डिजसँगको टी–२० सिरिजको लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सेप्टेम्बर महिनामा युएईमा हुने वेस्ट इन्डिजसँगको टी–२० सिरिजको लागि १६ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ।

रोहित पौडेललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तान नियुक्त गरिएको छ। यस सिरिजको नाम “युनिटी“ राखिएको छ र यो २७, २९ र ३० सेप्टेम्बरका दिनहरूमा हुने कुरा निश्चित गरिएको छ । नेपाल ए टिममा उत्कृष्ट प्रदर्शन गरेका आदिल आलम र सन्दीप जोरा टोलीमा फर्किएका छन्। यसले नेपाली टोलीलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

नेपालको टोली रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल,आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी, शाहव आलम रहेका छन् ।

यो सिरिज नेपालका लागि एक महत्वपूर्ण अवसर हो । जसमा क्रिकेटको स्तरलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्ने मौका पाउने छ। वेस्ट इन्डिजसँगको प्रतिस्पर्धा नेपाली क्रिकेटको भविष्यका लागि एक महत्त्वपूर्ण टर्निंग प्वाइन्ट बन्न सक्ने खेल क्षेत्रका जानकारहरुको भनाई छ ।