जेनजी आन्दोलनपछि प्रचण्ड पुनः पार्टी गतिविधिमा सक्रिय
Prime TV News १० महिना अगाडि 
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्ला केही दिनको राजनीतिक अशान्तिपछि फेरि पार्टी काममा फर्किएका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेताहरुकाे निवासमा आगजनीका साथै नेताहरुलाई आक्रमणको क्रम वढेपछि प्रचण्ड सेनाको सुरक्षा घेरामा राखिएका थिए।
सिंहदरबारमा विपक्षी दलहरूको बैठक आयोजना गरेपछि जेनजी आन्दोलन उग्र बनेपछि उनलाई त्यहीँबाट सेनाले उद्धार गरेको थियो। आन्दोलन पछिको अबस्थामा सामान्य बनेको आँकलन गर्दै प्रचण्ड आज देखि पुनः सक्रिय राजनीतिमा फर्किएका हुन्।
आन्दोलनका क्रममा ध्वस्त पारिएको माओवादी केन्द्रीय कार्यालयको निरिक्षण गरेका छन् ।
जेनजी आन्दोलन पछि माओवादी भित्र पनि नेतृत्व परिवर्तनको बहस उठेको छ । प्रचण्ड झण्डै ३७ बर्ष देखि पार्टीको नेतृत्वमा छन् ।








