कुलमानलाई हितेन्द्रदेवले दिए, सामाजिक सञ्जालमार्फत बधाई

User Image Prime TV News १० महिना अगाडि
Image of कुलमानलाई हितेन्द्रदेवले दिए, सामाजिक सञ्जालमार्फत बधाई

काठमाडौ । नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा मन्त्री कुलमान घिसिङलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।

दक्षिण कोरियामा रहेका शाक्यले भदौ ३१ गते फेसबुकमा लेखेका छन्, “ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यूलाई नयाँ नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ। सफल कार्यकाल र प्रगतिका लागि हार्दिक शुभकामना साथै सम्पूर्ण उर्जा क्षेत्रको सफलतासहित समृद्ध नेपालको समेत मंगलमय कामना गर्दछु।”

अघिल्लो सरकारले घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो। त्यसको साढे पाँच महिनापछि कुलमान घिसिङ ऊर्जा मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। शाक्यको यस बधाई सन्देशले ऊर्जा क्षेत्रमा निरन्तरता र सहकार्यको संकेत गरेको छ।