संसद बिघटन नगरि यसैबाट समस्याको समाधान खोज्न सकेको भए राम्रो हुन्थ्योः सभामुख घिमिरे
Prime TV News १० महिना अगाडि 
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको संघीय संसद भवनको निरिक्षण गरेका छन् । सभामुख घिमिरेका साथै उपसभामुख इन्दिरा राना, कांग्रेस र एमालेका नेताहरुले आगजनीबाट ध्वस्त भएको संघीय संसद भवनको निरिक्षण गरेका हुन् । सभामुख घिमिरेले आगजनीबाट ध्वस्त भएको बैठक कक्षका साथै अन्य संरचनाको निरिक्षण गरेका थिए ।
निरिक्षणपछि सभामुख घिमिरेले आन्दोलनका नाममा भएको तोडफोड र आगजनीको घटना निकै दुःखद् भएको बताए । यस अवस्थाबाट उठेर ठिक ढंगले अगाडी जाने सवैको दायित्व भएको भन्दै सभामुख घिमिरेले संसद बिघटन नगरि यसैबाट समस्याको समाधान खोज्न सकेको भए राम्रो हुने प्रतिक्रिया दिए ।
उनले अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेकाले सवै समस्याको समाधान गर्नेगरि अघि बढनुपर्ने सुझाव समेत दिए । जेनजी आन्दोलनका क्रममा संसद भवनमा आगजनी हुदाँ पूर्णरुपमा जलेको छ । सरकारले निर्वाचनपछि सिंहदरबारमा निर्माण भइरहेको नयाँ संसद भवनबाट बैठक सञ्चालन हुने गरि तयारी गरेको छ ।







