संविधान बाहिरको प्रयासले अझ अस्थिरता निम्त्याउन सक्छः सभापति देउवा

User Image Prime TV News १० महिना अगाडि
Image of संविधान बाहिरको प्रयासले अझ अस्थिरता निम्त्याउन सक्छः सभापति देउवा

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा जनताका निर्वाचित प्रतिनिधिद्वारा संविधानसभाबाट जारी गरिएको संविधानलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

संविधान दिवसको अबसरमा शुभकाना सन्देश जारी गर्दै सभापति देउवाले वर्तमान राजनीतिक जटिलताको समाधान पनि संविधानभित्रै खोजिनु पर्ने आवश्यकता औंल्याउँदै संविधान बाहिरको प्रयासले अझ अस्थिरता निम्त्याउन सक्ने चेतावनी समेत दिएका छ्न् ।

विज्ञप्तिमा भनिएको छ, “संविधान मुलुकको सर्वोच्च कानून भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ। यदि यसो हुन सकेन भने राजनीतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ।”

उनले संविधानको सफल कार्यान्वयनमार्फत मुलुकको समुन्नति सुनिश्चित गर्नु आजको साझा जिम्मेवारी भएको स्पष्ट पारेका छन्। साथै, वहुदलीय संसदीय लोकतान्त्रिक प्रणालीको संस्थागत स्थायित्व र आर्थिक समृद्धिको मार्गमा अघि बढ्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।