चूनौतिको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिन्छः बरिष्ठ नेता पोखरेल
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको चूनौतिको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिने बताएका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले जेनजी आन्दोलनका क्रममा कार्यालय डढेर खरानी भएपनि इच्छाशक्ति नमरेको भन्दै एमालेले नै अहिलेको चूनौतिको सामना गर्दै मुलुकलाई सही दिशा दिने बताए ।
एमाले शान्त तलाउमा डुङ्गा चलाएजस्तो गरि नभइ प्रत्येक कालखण्डमा चूनौतिको सामना गरेर अहिलेको अवस्थामा आएको उनले बताए । अहिले देखिएको चूनौतिलाई पनि टाउकोमा टेकेर एमाले अघि बढ्ने उद्घोष गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले समयमा नै ध्यान दिन नसके प्राप्त गरेका उपलव्धीहरु खोसिन सक्ने उल्लेख गरे ।







