लोकसेवा आयोगले आफ्नो प्रतिवेदन राष्ट्रपति समक्ष बुझायो

User Image Prime TV News १० महिना अगाडि
Image of लोकसेवा आयोगले आफ्नो प्रतिवेदन राष्ट्रपति समक्ष बुझायो

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगले आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन पेश गरेको छ।

राष्ट्रपति कार्यालयमा आइतबार आयोजित कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले राष्ट्रपति पौडेललाई वार्षिक प्रतिवेदन बुझाएका हुन्। नेपालको संविधानको धारा २९४ अनुसार, लोकसेवा आयोगका अध्यक्षले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था छ।