संसद प्रभावकारी बनाउन सबै दलसँग छलफल गर्छौः महामन्त्री बुर्लाकोटी

User Image Prime TV News २ महिना अगाडि
Image of संसद प्रभावकारी बनाउन सबै दलसँग छलफल गर्छौः महामन्त्री बुर्लाकोटी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले संसदलाई प्रभावकारी र मर्यादित ढंगले अघि बढाउन सबै दलसँग छलफल सुरु गरिएको बताएका छन्।

बुर्लाकोटीले शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “सदनलाई मर्यादित सञ्चालन गर्न अन्य पार्टीको विश्वास आवश्यक छ। त्यसैले हामी सबै दलसँग छलफल सुरु गरिसकेका छौं।”

त्यस्तै उनले संविधान संशोधनलाई सवै दलले प्राथमिकतामा राखेकाले यसमा छलफल गर्न प्रस्ताव समिति बनाइएको उल्लेख गरे । संविधान संशोधनको लागि छलफलका विषयवस्तुहरू प्रस्ताव भएपछि अन्य दलहरुसंग छलफल अघि बढाइने उनको भनाइ छ । उनले भने, “सवै दलले संविधान संशोधनलाई प्राथमिकतामा राखेका छन्। यसका लागि प्रस्ताव समिति बनाइएको छ र प्रस्ताव आएपछि अन्य दलसँग विस्तृत छलफल अघि बढाइनेछ।”