प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध

User Image Prime TV News २ महिना अगाडि
Image of प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन्।

संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए अनुसार, सभामुख पदका लागि उम्मेदवारी दर्ताका लागि तोकेको समयमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो। सचिवालयले उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि २ बजेसम्म समय तोकेको थियो।

उम्मेदवारी दर्ता क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल समर्थकको रूपमा उपस्थित थिए।

२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको १८२ सिट भएको कारण अर्यालको निर्वाचित हुनु लगभग सुनिश्चित थियो। उनले आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित हुने घोषणा गरिनेछ।