कांग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ मा निर्वाचन
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उक्त मिति तय गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। यससँगै बैठकले निर्वाचन सम्पन्न गर्न सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा मुना भुसाल र राजु कटुवाल सदस्य रहेका छन्।
संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले दाबी प्रस्तुत गरेका छन्। पार्टीभित्र संसदीय नेतृत्व चयनलाई महत्वपूर्ण राजनीतिक प्रक्रियाका रूपमा हेरिएको छ।







