३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछः गृहमन्त्री गुरुङ
Prime TV News २ महिना अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जालमा स्टाटस राख्दै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, "३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।" राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारमा गृहमन्त्री रहेका गुरुङले शपथ लिएदेखि पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकलगायत पक्राउ परेका छन् ।
शनिबार काठमाडौं उपत्यकाका छुट्टाछुट्टै ठाउँबाट गुन्डागर्दीमा संलग्नको आरोपमा विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।







