फेवाताल जग्गा विवादमा हर्क साम्पाङको माग: गृहमन्त्रीले सत्य खुलाउनुपर्छ
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरूङलाई फेवातालको २० रोपनी जग्गाबारे स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।
फेसबुकमार्फत् प्रतिक्रिया दिँदै साम्पाङले यो विषय गम्भीर भएको बताएका छन्। उनले गृहमन्त्रीलाई पत्रकार सम्मेलन गरेर वास्तविकता सार्वजनिक गर्न सुझाव दिएका छन्।
उनका अनुसार यदि यो विषयमा चुप लागेर बसियो भने जनताले विश्वास गर्न छाड्नेछन्। उनले जनताको विश्वास गुमेपछि पदको अर्थ नरहने पनि बताएका छन्।
साम्पाङले प्रहरीसमेत गृहमन्त्रीप्रति बेवास्ता गर्न सक्ने चेतावनी दिएका छन्। साथै, यस्तो विवादले सरकार र नेतृत्वको छवि बिगार्ने बताएका छन्।
यसैबीच, उनले गृहमन्त्रीलाई जेनजी आन्दोलन र सहकारी ठगी प्रकरणका मुद्दा पनि नबिर्सन आग्रह गरेका छन्। दोषीलाई कारबाही गर्न र फरार व्यक्तिलाई पक्राउ गर्न उनले जोड दिएका छन्। साम्पाङले अन्त्यमा गृहमन्त्रीलाई पारदर्शी भएर काम गर्न सुझाव दिएका छन्।







