अमेरिका–इरान तनावमा अस्थायी विराम, दुई साताका लागि युद्धविराम घोषणा
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । अमेरिका र इरानबीच बढ्दो तनावका बीच अस्थायी रूपमा युद्धविरामको घोषणा गरिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताका लागि आक्रमण रोक्ने निर्णय भएको जानकारी दिएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले होर्मुज तत्काल खोल्ने सर्तमा अमेरिका बमबारी र सैन्य कारबाही रोक्न तयार भएको बताएका छन्।
उनका अनुसार यो युद्धविराम पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको पहलपछि सम्भव भएको हो। ट्रम्पले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको र दुवै देशबीचका मुख्य विवादित विषयमा सहमति जुटिसकेको दाबी गरेका छन्।
अब अन्तिम सम्झौता तयार पार्न र कार्यान्वयनका लागि थप दुई हप्ता समय लाग्ने बताइएको छ। युद्धविरामको यो घोषणा सकारात्मक संकेत जस्तो देखिए पनि अवस्था अझै संवेदनशील छ। यदि सम्झौता कार्यान्वयन भएन भने स्थिति फेरि भयानक रूपमा बिग्रन सक्छ।







