सुकुम्बासी बस्ती हटाउने अभियान जारी, विभिन्न ठाउँमा डोजर

User Image Prime TV News एक महिना अगाडि
Image of सुकुम्बासी बस्ती हटाउने अभियान जारी, विभिन्न ठाउँमा डोजर

काठमाडौ । राजधानीका सुकुमबासी बस्तीमा घरटहरा हटाउने काम जारी रहेको छ। सार्वजनिक जग्गा खाली गराउने भन्दै आज पनि विभिन्न ठाउँमा डोजर चलाइएको छ। गैरीगाउँ मा सोमबार बिहानदेखि दुई वटा डोजर प्रयोग गरी बस्ती हटाउने काम भइरहेको छ।

यस्तै मनोहरा क्षेत्रमा १७ वटा डोजर लगाएर घर–टहरा भत्काइँदै छ। यहाँ आइतबारदेखि नै अभियान सुरु गरिएको थियो। यसअघि शनिबार थापाथली र गैरीगाउँमा पनि डोजर चलाइएको थियो। सरकारले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानलाई निरन्तर अघि बढाएको जनाएको छ।