भीष्मराज आङदेम्बे कांग्रेस संसदीय दल नेता बन्ने सहमति
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि भीष्मराज आङदेम्बेको नाममा सहमति भएको छ।
उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले विभिन्न नेताहरूसँग छलफल गरेर आङदेम्बेको नाममा सहमति जुटाएको हो। पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले आफ्नो दाबी छाडेपछि उनी सर्वसम्मत रूपमा अघि आएका हुन्।
यसअघि मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिरदोष आलम र चन्द्रमोहन यादवलगायत नेताहरूले पनि दल नेतामा दाबी गरेका थिए। आङदेम्बे पार्टीका पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद हुन्। आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिमा उनको नाम प्रस्ताव गरिनेछ।
त्यसपछि दिउँसो हुने संसदीय दलको बैठकले औपचारिक रूपमा नेता चयन गर्नेछ। सहमति कायम रहे आजै दल नेता टुंगिने अपेक्षा गरिएको छ।







