कांग्रेस संसदीय दलमा बासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक बन्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेस संसदीय दलमा प्रमुख सचेतक र सचेतक चयन गरिएको छ। दैलेख–१ बाट निर्वाचित सांसद बासना थापा प्रमुख सचेतक बन्ने भएकी छन्। उनी पहिलो पटक प्रतिनिधि सभा सदस्य बनेकी हुन्।
त्यस्तै, इलाम–१ बाट निर्वाचित युवा सांसद निश्कल राई सचेतक बन्ने भएका छन्। उनी २०७९ सालपछि पार्टी राजनीतिमा सक्रिय भएका हुन्। पार्टीको कार्यदलले सहमति जुटाएर यी नाम अघि सारेको हो। कार्यदलको नेतृत्व उपसभापति विश्वप्रकाश शर्मा ले गरेका थिए।
यद्यपि, यी पदहरूको औपचारिक निर्णय भने संसदीय दलको बैठकले गर्नेछ। दलको नेता चयन भएपछि मात्र अन्तिम रूपमा पद तोकिने बताइएको छ।







