संसद् छलेर अध्यादेश नल्याउन कांग्रेसको सरकारलाई आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले सरकारले संसद् छलेर अध्यादेश ल्याउने तयारीप्रति आपत्ति जनाएको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसद् बोलाएर फेरि स्थगित गर्नु र अध्यादेश ल्याउने प्रयास उपयुक्त नहुने बताए। उनका अनुसार संसद् सक्रिय रहेको अवस्थामा कानूनसम्बन्धी निर्णय संसद्भित्रै छलफल हुनुपर्छ।
संसद् छलेर अध्यादेश ल्याउँदा लोकतान्त्रिक प्रक्रिया कमजोर हुने उनको भनाइ छ। चालिसेले सरकारले संसद्को सर्वोच्चतालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। यसैबीच, उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिक जीवनमा असर पर्ने भएकाले मूल्य नियन्त्रण र बजार अनुगमन कडाइ गर्न आग्रह गरेका छन्।







