नेकपाको महाधिवेशन मंसिर ११–१५ मा काठमाडौंमा

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपाको महाधिवेशन मंसिर ११–१५ मा काठमाडौंमा

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने तय गरेको एक नेताले जानकारी दिएका छन्।

महाधिवेशन काठमाडौंमा आयोजना हुनेछ। विभिन्न वामपन्थी समूह मिलेर बनेको नेकपाले एकता महाधिवेशन गर्न लागेको हो। पार्टीले यस महाधिवेशनबाट संगठनलाई अझ मजबुत बनाउने तयारी गरेको जनाएको छ।