देउवा समूहको भेलामा कोइराला परिवार पनि सहभागी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । शेरबहादुर देउवा समूहको भेला बुधबार महाराजगन्जस्थित स्मार्ट होटलमा भएको छ। उक्त भेलामा पूर्वमहामन्त्री डा. शशाङ्क कोइराला र सुजाता कोइराला पनि सहभागी भएका छन्।
यसअघि डा. शशाङ्क कोइराला देउवा समूहका केही भेलामा सहभागी हुँदै आएका थिए भने सुजाता कोइराला यसपटक पहिलोपटकजस्तो देखिएको बताइएको छ। पूर्णबहादुर खड्का को संयोजनमा भएको उक्त भेलामा पार्टीका अन्य वरिष्ठ नेताहरू पनि सहभागी थिए।
सहभागी नेताहरूमा पूर्वउपसभापति विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना तथा नेता उमाकान्त चौधरी रहेका छन्। भेलामा पार्टीको आन्तरिक एकता, आगामी रणनीति र संगठन सुदृढीकरणबारे छलफल भएको बताइएको छ।







