चालु वर्षमा अर्थतन्त्र करिब ३.८५% ले बढ्ने अनुमान

User Image Prime TV News एक महिना अगाडि
Image of चालु वर्षमा अर्थतन्त्र करिब ३.८५% ले बढ्ने अनुमान

काठमाडौ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र करिब ३.८५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ।

कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार उपभोक्ता मूल्यका आधारमा यो प्रक्षेपण गरिएको हो। यसबारे जानकारी कार्यालयका सचिव कमलप्रसाद अधिकारी ले दिएका हुन्। अनुमान अनुसार यस वर्ष नेपालको कुल अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्नेछ।

त्यस्तै, वास्तविक मूल्यका आधारमा आर्थिक वृद्धि ३.६८ प्रतिशत रहने अनुमान गरिएको छ। यसअघि विभिन्न संस्थाहरूले आर्थिक वृद्धिबारे फरक–फरक अनुमान गरेका थिए। विश्व बैंकले २.३ प्रतिशत मात्रै वृद्धि हुने बताएको थियो भने सरकारले सुरुमा ६ प्रतिशतको लक्ष्य राखेको थियो। पछि अर्थ मन्त्रालयले ३.५ प्रतिशत आसपास मात्र वृद्धि हुने अनुमान गरेको थियो।

हालको सरकारी तथ्यांकले अर्थतन्त्र मध्यम गतिमा बढिरहेको देखाएको छ।