रास्वपा संसदीय दलको बैठक आज सिंहदरबारमा

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपा संसदीय दलको बैठक आज सिंहदरबारमा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा हुने बताइएको छ।

यो बैठक अनौपचारिक छलफलका रूपमा आयोजना गरिएको हो। बैठकमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुनेछन्। पार्टीका प्रवक्ता मनिष झा का अनुसार काठमाडौं उपत्यकामा उपलब्ध सबै सांसदलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ।

बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।