अध्यादेशबारे एमाले नेता नेम्बाङको प्रश्न
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका युवा नेता तथा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले सरकारले अध्यादेश ल्याएको विषयमा प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले स्पष्ट बहुमत हुँदाहुँदै पनि संसद् छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका छन्।
उनका अनुसार प्रतिनिधि सभा नै कानुन बनाउने मुख्य थलो हो। त्यसलाई छलेर अध्यादेश ल्याउनु लोकतान्त्रिक अभ्यासविपरीत हुने उनको भनाइ छ। नेम्बाङले संविधानअनुसार ‘बाध्यात्मक अवस्था’ मा मात्र अध्यादेश ल्याउन पाइने व्यवस्था रहेको उल्लेख गर्दै अहिले त्यस्तो अवस्था के थियो भन्ने प्रश्न गरेका छन्।
उनले यस्तो कदमले संसद्माथि अविश्वास देखाउने र लोकतान्त्रिक मूल्य कमजोर बनाउने बताएका छन्। साथै, उनले सरकारलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।







