पश्चिम बंगालमा आज अन्तिम चरणको मतदान
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पश्चिम बंगालमा विधानसभा चुनावअन्तर्गत आज अन्तिम चरणको मतदान भइरहेको छ। बाँकी १४२ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। समाचार एजेन्सी पीटीआई का अनुसार यस चरणमा १ हजार ४४८ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा २२० महिला छन्।
कोलकाता, हावडा लगायतका विभिन्न जिल्लामा मतदाताहरू मतदान गर्न लाइनमा देखिएका छन्। यसअघि अप्रिल २३ मा पहिलो चरणअन्तर्गत १५२ सिटका लागि मतदान भएको थियो। चुनावको नतिजा मे ४ मा सार्वजनिक गरिनेछ।







