राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त नियुक्त
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको राष्ट्रिय सभा दलको नेतामा कमला पन्त नियुक्त भएकी छन्। उनीलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मनोनयन गरेका हुन्। यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला रहेका थिए।
तर अब उनलाई हटाएर कमला पन्तलाई नयाँ नेता बनाइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ। कांग्रेसको विधानअनुसार प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता चयन गर्ने व्यवस्था छ।
पार्टीभित्र सिटौला शेरबहादुर देउवा समूहका नेता मानिन्छन् भने पन्त गगन थापा समूहसँग नजिक मानिन्छिन्। उनी विशेष महाधिवेशनको पक्षमा पनि खुलेर बोल्दै आएकी थिइन्।







