सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढ्यो

User Image Prime TV News एक महिना अगाडि
Image of सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढ्यो

काठमाडौ । इन्धनको मूल्य बढेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ। नयाँ भाडादर आजदेखि लागू भएको हो।

विभागका अनुसार अन्तरप्रदेश यात्रुवाहक सवारीसाधन, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारी र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीमा समान ५ प्रतिशतले भाडा बढाइएको छ। यसअघि चैत २५ गते पनि भाडा बढाइएको थियो। हाल डिजेलको मूल्य बढेकाले भाडा समायोजन गरिएको विभागले जनाएको छ।

तर विद्युतीय सवारीसाधनको भाडा भने बढाउन पाइने छैन। यदि बढाएको पाइएमा कारबाही हुने चेतावनी विभागले दिएको छ।