सेनाले सुकुमबासी विवरण मागेको विषयमा दियो स्पष्टिकरण

User Image Prime TV News एक महिना अगाडि
Image of सेनाले सुकुमबासी विवरण मागेको विषयमा दियो स्पष्टिकरण

काठमाडौ । नेपाली सेनाले सुकुमबासी बस्तीको विवरण मागिएको विषयमा स्पष्टिकरण दिएको छ। सेनाले बुधबार प्रेस नोट जारी गर्दै यो काम विपद् पूर्वतयारीका लागि गरिएको जनाएको हो।

सेनाका अनुसार वर्षायाममा बाढी, पहिरो, डुबान र नदी कटानजस्ता जोखिम हुन सक्ने भएकाले सम्भावित क्षति कम गर्न तथ्यांक संकलन गरिएको हो। उद्धार, राहत र पुनःस्थापनाको तयारी सहज बनाउन स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर विवरण मागिएको सेनाले जनाएको छ।

यसअघि सुकुमबासी बस्तीको विवरण मागिएको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि सेनाले यसबारे स्पष्टिकरण दिएको हो। सेनाले नियमित रूपमा सम्भावित जोखिम क्षेत्रको तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको पनि जनाएको छ।