राताम्य सेयर बजारः नेप्से २५ अंकले तल झर्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज आज २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा बन्द भएको छ। आज बजारमा ३५१ कम्पनीका १ करोडभन्दा बढी कित्ता सेयर किनबेच हुँदा करिब ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ।
वाणिज्य बैंक, फाइनान्स, होटल तथा पर्यटन र हाइड्रोपावर समूहका सेयर मूल्य घटेका छन्। कुल ३० कम्पनीको सेयर बढ्दा २३५ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य उस्तै रहेको छ। आज रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा बढी कारोबार भएको छ। यस कम्पनीको २४ करोडभन्दा बढी रुपैयाँको सेयर किनबेच भएको छ।
नाफाका हिसाबले कर्पोरेट डेभलपमेन्ट बैंक का लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यता, एबिएल डिबेञ्चरमा लगानी गर्नेहरूले सबैभन्दा बढी घाटा बेहोरेका छन्।







