कान्छाराम तामाङ जिल्ला सभापतिबाट निलम्बित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई निलम्बन गरेको छ।
पार्टीको अनुशासन समितिको बैठकले उनलाई अनुशासन उल्लङ्घन गरेको आरोपमा निलम्बन गर्ने निर्णय गरेको हो। समितिले यसअघि उनीसँग स्पष्टीकरण सोधेको थियो। तर उनले दिएको जवाफ चित्तबुझ्दो नभएको निष्कर्ष निकालिएको छ।
कांग्रेसका अनुसार तामाङले पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएका थिए। सोही कारण अन्तिम निर्णय नहुँदासम्मका लागि उनलाई निलम्बन गरिएको जनाइएको छ। यता, पूर्वकावा सभापति पूर्णबहादुर खड्काको विषयमा भने सर्वोच्च अदालत बाट फैसला आइसकेकाले थप स्पष्टीकरण आवश्यक नभएको कांग्रेसले जनाएको छ।







