सम्पत्ति जाँचबुझ आयोग गठनबारे सरकारसँग कारण माग
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठनबारे सरकारसँग कारण माग गरेको छ। गैरकानुनी भएको भन्दै आयोग खारेज गर्नुपर्ने मागसहित दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको हो।
यो आदेश न्यायाधीश बालकृष्ण ढकालको इजलासले दिएको हो। अदालतले सरकारले किन यस्तो आयोग गठन गरेको हो भन्ने स्पष्ट कारण पेश गर्न निर्देशन दिएको छ। साथै, यो मुद्दालाई प्राथमिकताका साथ सुनुवाइ हुनेगरी अग्राधिकार पनि दिएको छ।
रिट निवेदनमा सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिनका लागि पहिले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकाय रहेको उल्लेख गरिएको छ। त्यस अवस्थामा अर्को समानान्तर आयोग गठन गर्दा कानुनी समस्या हुने र निकायहरूको अधिकार क्षेत्र बाझिने भन्दै प्रश्न उठाइएको छ।







