कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलापछि उक्त स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै अब प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो।
अनुशासन समितिका संयोजक तारामान गुरुङका अनुसार स्पष्टीकरण सम्बन्धी प्रक्रिया हालका लागि रोकिएको छ। यसअघि वैशाख २ गते बसेको समितिको बैठकले खड्कालाई पदीय जिम्मेवारीबारे सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो।







