काठमाडौंमा आज पनि वर्षाको सम्भावना, तापक्रम घट्यो

User Image Prime TV News एक महिना अगाडि
Image of काठमाडौंमा आज पनि वर्षाको सम्भावना, तापक्रम घट्यो

काठमाडौ । काठमाडौ उपत्यकामा आज पनि वर्षा हुने सम्भावना रहेको छ। मौसमविद्हरूका अनुसार दिउँसो वा राति हल्कादेखि मध्यम वर्षा हुन सक्छ।

मौषम विभागका अनुसार उपत्यकाको आकाश अहिले प्रायः पूरै बादलले ढाकिएको जानकारी दिएका छन्। देशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको पनि बताइएको छ।

आज बिहान उपत्यकाको न्यूनतम तापक्रम करिब १५ डिग्री सेल्सियस मापन गरिएको छ, जुन हिजोभन्दा झन्डै २.५ डिग्रीले कम हो। हिजो न्यूनतम तापक्रम १७.४ डिग्री सेल्सियस थियो।

मौसमविद्का अनुसार अहिलेको तापक्रम प्रारम्भिक भएकाले अन्तिम मापनमा अझ केही घट्न पनि सक्छ। प्रि-मनसुनका कारण केही दिन यस्तै मौसम रहने अनुमान गरिएको छ। वर्षाका कारण दैनिक कामकाज प्रभावित हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।