अध्यादेश नागरिकको हितका लागि ल्याइएको हो: प्रधानमन्त्रीका सल्लाहकार शाह

User Image Prime TV News एक महिना अगाडि
Image of अध्यादेश नागरिकको हितका लागि ल्याइएको हो: प्रधानमन्त्रीका सल्लाहकार शाह

काठमाडौ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार अशिम शाहले सरकारले ल्याएका अध्यादेश नागरिकको हितका लागि भएको बताएका छन्।

अध्यादेश ल्याएपछि आलोचना बढिरहेका बेला साहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्। उनले राज्य संयन्त्रलाई छिटो र प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको बताएका छन्।

उनका अनुसार कानुनी झन्झटका कारण जनताको काम रोकिनु हुँदैन। त्यसैले सरकारले आवश्यक सुधार गर्न अध्यादेश ल्याएको हो। उनले यसले देशको विकासलाई अगाडि बढाउन सहयोग गर्ने दाबी गरेका छन्।

साहले वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलले समक्ष पठाएको जानकारी दिएका छन्।

उनले शासकीय सुधारका लागि पहिले राजनीतिक नियुक्त पदाधिकारीलाई मार्गप्रशस्त गर्न आग्रह गरिएको तर काममा समस्या आएपछि अन्ततः अध्यादेश ल्याउनुपरेको बताए।

सरकारले ल्याएका ६ अध्यादेशमा निजामती कर्मचारीको ट्रेड युनियन हटाउने, राजनीतिक नियुक्ति खारेज गर्ने, विश्वविद्यालयका पदाधिकारी हटाउन सकिने लगायतका व्यवस्था समेटिएका छन्।