त्रिविका तीन शीर्ष पदाधिकारीले दिए राजीनामा

User Image Prime TV News एक महिना अगाडि
Image of त्रिविका तीन शीर्ष पदाधिकारीले दिए राजीनामा

काठमाडौ ।  ित्रभ्वन विश्वविद्यालयका तीन शीर्ष पदाधिकारीले पदबाट राजीनामा दिएका छन्। बिहीबार उपकुलपति प्रा. डा दिपक अर्याल , शिक्षाध्यक्ष प्रा. डा. खड्क केसी र रजिस्ट्रार प्रा. डा. केदार प्रसाद रिजालले सामूहिक रूपमा राजीनामा दिएका हुन्।

शिक्षाध्यक्ष केसीका अनुसार सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई हटाउने तयारी गरेपछि उनीहरूले स्वेच्छिक रूपमा पद छोडेका हुन्। यस सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अध्यादेश सिफारिस गरिएको छ।

राजीनामापत्र प्रधानमन्त्री कार्यालयमा दर्ता भइसकेको छ। पदाधिकारीहरूबीच बिहान छलफलपछि यस्तो निर्णय गरिएको जनाइएको छ। उनीहरूले नयाँ सरकारलाई काम गर्न सहज बनाउन आफूहरूले मार्गप्रशस्त गरेको बताएका छन्। यसैबीच रजिस्ट्रार रिजाल दोहोरो नागरिकतासम्बन्धी विवादका कारण पनि चर्चामा रहेका थिए।