दीपक भट्टसँग सम्बन्धित कम्पनीका सेयरधनीसँग विवरण माग

User Image Prime TV News एक महिना अगाडि
Image of दीपक भट्टसँग सम्बन्धित कम्पनीका सेयरधनीसँग विवरण माग

काठमाडौ । सम्पति सुद्धिकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट सँग सम्बन्धित कम्पनीका संस्थापक सेयरधनीको विवरण माग गरेको छ। विभागले सूचना जारी गर्दै ती कम्पनी स्थापना हुँदा सेयर खरिद गर्ने व्यक्तिहरूलाई आवश्यक जानकारी बुझाउन भनेको हो। अनुसन्धानका लागि यस्तो विवरण आवश्यक परेको जनाइएको छ।

सूचनाअनुसार विभिन्न माइक्रो इन्सुरेन्स र पुनर्बिमा कम्पनीमा सुरुवातमा सेयर किन्ने व्यक्तिहरूसँग विवरण मागिएको छ। यसमा हिमालयन रि इन्सुरेन्स लगायतका कम्पनी पनि छन्। विभागका अनुसार संस्थापक सेयरधनीहरूले चुक्ता पूँजीबाहेक थप रकम (प्रिमियम) पनि तिरेका थिए।

उक्त रकम कसको नाममा, कुन बैंक खातामा जम्मा गरिएको हो भन्ने स्पष्ट विवरण दिन भनिएको छ। विभागले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भई जानकारी बुझाउन आग्रह गरेको छ।