रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते

User Image Prime TV News एक महिना अगाडि
Image of रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते

काठमाडौ ।  रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा क्षेत्रमा मेला भर्न गएका यात्रु बोकेको जिप दुर्घटना हुँदा १५ जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार लु१ज ४१६७ नम्बरको बोलेरो जिप सडकबाट करिब ८ सय मिटर तल खसेको हो। दुर्घटनामा थप १ जना सामान्य घाइते भएको पनि जनाइएको छ।

भोलि जलजलामा मेला लाग्ने भएकाले सोही मेलामा सहभागी हुन गइरहेको समूह जिपमा सवार रहेको बताइएको छ। दुर्घटनापछि घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा लगातार भारी वर्षा भइरहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

रोल्पाका प्रहरी प्रमुख (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार उद्धार टोलीले घाइतेहरूलाई सुरक्षित स्थानमा लैजाने प्रयास गरिरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।