सभापति गगन थापाले अघि बढाएको महाधिवेशन प्रक्रिया मान्य नहुने देउवा समूहको निष्कर्ष

User Image Prime TV News एक महिना अगाडि
Image of सभापति गगन थापाले अघि बढाएको महाधिवेशन प्रक्रिया मान्य नहुने देउवा समूहको निष्कर्ष

काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय समूहले पार्टीभित्र नेताहरूलाई स्पष्टीकरण सोध्ने काम रोक्न माग गरेको छ। नेता पूर्ण बहादुर खड्काको नेतृत्वमा बसेको समूहको बैठकले अनुशासनको नाममा नेताहरूमाथि कारबाहीको डर देखाइएको आरोप लगाएको छ।

बैठकले यस्तो प्रक्रिया तत्काल रोक्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकमा नेताहरूले पार्टीभित्र भइरहेको कारबाहीको शैली पूर्वाग्रही भएको र यसले आन्तरिक एकता कमजोर बनाएको बताएका छन्। यसैगरी बैठकले पछिल्लो निर्वाचनको समीक्षा पनि गरेको छ। नेताहरूले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र पराजयको कारण बनेको निष्कर्ष निकालेका छन्।

त्यस्तै, पार्टीभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतको निर्णय स्वीकार गरे पनि सभापति गगन थापाले अघि बढाएको महाधिवेशन प्रक्रिया मान्य नहुने धारणा बैठकले राखेको छ।