रोल्पामा जिप दुर्घटना, १७ जनाको ज्यान गयो
Prime TV News एक महिना अगाडि 
रोल्पा । रोल्पाको थवाङस्थित जलजलामा जलजला क्षेत्रमा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो सडकबाट करिब ८ सय मिटर तल भिरमा खसेको हो। दुर्घटनामा जिपमा सवार १७ जनाको ज्यान गएको पुष्टि भएको छ।
उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ। जिपमा वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेलामा सहभागी हुन गइरहेका यात्रुहरू रहेको बताइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







