सीमा क्षेत्रमा भन्सार कडाइ बारे सरकारको ध्यानाकर्षण गराउँछौः सभापति थापा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सार कडाइका कारण स्थानीय नागरिकले कठिनाइ भोगिरहेको बताएका छन्।
पार्टी कार्यालय सानेपामा आयोजित ‘ग्रिन टेबल’ कार्यक्रमको पहिलो शृंखलामा बोल्दै उनले भन्सार कडाइ गर्दा सीमा क्षेत्रमा बस्ने नेपालीको दैनिक जीवनयापन नै प्रभावित भएको बताए। थापाले भन्सारमा कडाइ गर्ने क्रममा सुरक्षाकर्मीबाट हुने व्यवहारले स्थानीयको आत्मसम्मानमा पनि असर परेको बताउदै यस्तो अवस्थामा व्यावहारिक पक्षलाई ध्यान नदिँदा समस्या बढ्ने बताए।
उनले सरकारलाई भन्सार सुधार गर्दा जनतालाई अनावश्यक दुःख नदिन सुझाव दिए। साथै सीमा क्षेत्रमा हुने अव्यावहारिक अभ्यास अन्त्य गर्नुपर्ने तर स्थानीयको जीवन सहज हुने गरी व्यवस्था गर्नुपर्नेमा जोड दिए।
थापाले जनताका समस्या र गुनासो सुन्न सरकार तयार हुनुपर्ने बताए। उनले सीमा क्षेत्रमा बस्ने नागरिकलाई अपराधीजस्तो व्यवहार गर्नु गलत हुने पनि स्पष्ट पारे। उनले यो विषयलाई संसद र अन्य माध्यमबाट सरकारसमक्ष उठाइने समेत बताएका छन्।







