अर्थ मन्त्री वाग्ले र अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरबीच भेटवार्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ।
शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा उनीहरूबीच भेट भएको हो। भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक सहयोग, विकास सहायता र भविष्यमा गर्न सकिने साझेदारीका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
सर्जियो गोर बिहीबार साँझ काठमाडौं आएका थिए। उनी शनिबार राति नयाँ दिल्ली जाने कार्यक्रम रहेको छ। यो भेटलाई नेपाल–अमेरिका सम्बन्ध र आर्थिक सहकार्यलाई अझ बलियो बनाउने अवसरका रूपमा हेरिएको छ।







