काठमाडौका नदी किनारका बस्ती हटाउने काम जारी, विरोध पनि सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of काठमाडौका नदी किनारका बस्ती हटाउने काम जारी, विरोध पनि सुरु

काठमाडौ । काठमाडौ उपत्यकामा नदी किनारमा बनेका अवैध बस्ती हटाउने काम शनिबार पनि जारी छ। सङ्घीय सरकार र काठमाडौ महानगरपालिका मिलेर विभिन्न स्थानमा डोजर चलाइरहेका छन्।

शनिबार कामपा–१६ बालाजु क्षेत्रमा पर्ने विष्णुमति नदी र धोबीखोला किनारका घरटहरा हटाइँदै छन्। यसअघि बल्खु र कालिमाटी क्षेत्रमा पनि बस्ती हटाइएको थियो।

अहिलेसम्म उपत्यकामा करिब दुई हजार घरटहरा हटाइसकिएको सरकारी जानकारी छ। ती घरहरू सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमण गरेर बनाइएका थिए। बस्ती हटाउँदा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा राखिएको छ।

तर, बस्ती हटाउने कामको विरोध पनि सुरु भएको छ। जेनजी सेन्टरले यसलाई गलत भन्दै माइतीघर मण्डला मा प्रदर्शन गरेका छन्। सरकारले नदी किनार सफा गर्नुपर्ने बताएको छ भने स्थानीय र अधिकारकर्मीहरूले पहिले उचित बसोबासको व्यवस्था गर्न माग गरेका छन्।

अहिले यो विषयमा विवाद बढ्दै गएको छ।