अमेरिकी दूत–लामिछाने भेट: आर्थिक सहकार्य बढाउने संकेत
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच शनिबार काठमाडौँमा भेटवार्ता भएको छ।
भेटमा नेपाल–अमेरिका सम्बन्धका विभिन्न विषयमा छलफल भएको जनाइएको छ। विशेषगरी आर्थिक साझेदारीलाई कसरी बलियो बनाउने भन्ने विषयमा कुराकानी केन्द्रित रहेको दूत गोरले बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गोरले नेपालको नयाँ सरकारप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। उनले सरकारसँग परिवर्तनका लागि बलियो जनादेश रहेको र सुधारका योजना आशालाग्दा देखिएको उल्लेख गरेका छन्।
साथै आगामी दिनमा दुवै देशबीच सहकार्य बढाउने संकेत पनि दिएका छन्। यसअघि गोर बिहीबार साँझ काठमाडौँ आइपुगेका थिए। उनले त्यस क्रममा स्वर्णिम वाग्ले र शिशिर खनाल सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
यो भेटलाई नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक र कूटनीतिक रूपमा थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।







