१५९४ जना पदाधिकारी अब पदमुक्त हुनेछन्: असिम शाह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ अध्यादेश जारी गरेपछि अघिल्लो सरकारबाट नियुक्त भएका धेरै पदाधिकारी एकैपटक हट्ने भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ लागू भएसँगै १,५९४ जना पदाधिकारी पदमुक्त हुनेछन्।
उनले सामाजिक सञ्जालमा लेख्दै सरकारले प्रशासन सुधार गर्न र सरकारी निकायहरूलाई नयाँ ढंगले चलाउन यो कदम चालेको बताएका छन्।
सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठ अध्यादेशमध्ये अहिलेसम्म ६ वटा जारी भइसकेका छन्। शनिबार मात्रै थप तीन अध्यादेश जारी गरिएको थियो।
यो अध्यादेश लागू भएसँगै अब सरकारलाई विभिन्न संस्थान, आयोग, विश्वविद्यालय, निगम र अन्य निकायमा नयाँ नियुक्ति गर्न सजिलो हुने भएको छ।








