रास्वपा सचिवालय बैठक आज

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपा सचिवालय बैठक आज

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ। विभिन्न समसामयिक र पार्टीभित्रका महत्वपूर्ण विषयमा निर्णय गर्न बैठक बोलाइएको हो।

पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार बैठक आज बिहान ११ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घण्टीघरमा बस्नेछ। बैठक पार्टी सभापतिको निर्देशनमा आयोजना गरिएको हो।

आजको बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट सम्बन्धी “रुपरेखा–२०८३” माथि गम्भीर छलफल हुने बताइएको छ। साथै, पार्टीको महाधिवेशन सञ्चालनका लागि तयार पारिएको “कार्यविधि–२०८३” र संसदीय दलको विधान संशोधनका विषय पनि एजेन्डामा रहेका छन्।