इरानले अमेरिकालाई १४ बुँदे प्रस्ताव पठायो, स्थायी रूपमा युद्ध अन्त्य गर्न आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of इरानले अमेरिकालाई १४ बुँदे प्रस्ताव पठायो, स्थायी रूपमा युद्ध अन्त्य गर्न आग्रह

काठमाडौ । इरानले पश्चिम एसियामा भइरहेको युद्ध अन्त्य गर्न अमेरिकालाई १४ बुँदे प्रस्ताव पठाएको छ। प्रस्तावमा सबै क्षेत्रमा भइरहेको लडाइँ पूर्ण रूपमा रोक्नुपर्ने माग गरिएको छ।

इरानले होर्मुज जलमार्ग खुला गर्न र आफूमाथि लगाइएका नाकाबन्दी हटाउन पनि आग्रह गरेको छ। यो प्रस्ताव पाकिस्तानमार्फत पठाइएको बताइएको छ।

यसअघि अमेरिकाले २ महिनाको युद्धविराम प्रस्ताव गरेको थियो। तर इरानले यस्तो छोटो समयको व्यवस्था अस्वीकार गर्दै स्थायी समाधान चाहिएको स्पष्ट पारेको छ। उसले ३० दिनभित्र दीर्घकालीन समाधान निकाल्नुपर्ने बताएको छ।

उता, डोनाल्ड ट्रम्पले इरानको प्रस्तावबारे समीक्षा भइरहेको बताएका छन्। तर उनले यो प्रस्ताव स्वीकार हुनेमा शंका व्यक्त गरेका छन् र कडा टिप्पणी पनि गरेका छन्।

यसबीच पाकिस्तानले दुवै देशबीच वार्ता गराउन सहयोग गरिरहेको छ। अहिले केही समयदेखि युद्धविराम कायम भए पनि अवस्था अझै संवेदनशील छ ।