अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको सात तले घर भत्कियो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौको अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको एक साततले घर सरकारले भत्काएको छ। आइतबार बिहान डोजर प्रयोग गरेर उक्त घर हटाइएको हो। यसअघि पनि शनिबार सोही क्षेत्रमा रहेका अन्य अवैध संरचना भत्काइएको थियो।
डोजर चलाउने क्रममा कुनै अवरोध नहोस् भनेर आइतबार बिहानैदेखि क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको थियो। प्रहरीको बाक्लो उपस्थिति देखिएको थियो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले नापीका अधिकारीहरू फिल्डमा खटाएर जाँच गरेपछि उक्त घर सार्वजनिक जग्गामा परेको पुष्टि भएको बताए।
सरकारले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानलाई निरन्तर अघि बढाउने जनाएको छ।







