रास्वपाको सचिवलायको बैठक सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाको सचिवलायको बैठक सुरु

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको हो।

पार्टी प्रवक्ता मनिष झाले बैठक सुरु भएको जानकारी दिएका छन्। बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रुपरेखा–२०८३, महाधिवेशन कार्यविधि–२०८३ र संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।

पार्टीले संगठन विस्तार र आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्यले बैठक गरेको जनाएको छ।