डोजर अभियानप्रति सिके राउतको आलोचना, ‘विवेकहीन बुख्याचा’ को संज्ञा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले काठमाडौँ महानगरपालिकाले चलाइरहेको डोजर अभियानप्रति आलोचना गरेका छन्।
सामाजिक सञ्जाल मार्फत उनले मेयर बालेन्द्र शाह नेतृत्वको सरकारलाई “विवेकहीन बुख्याचा” को संज्ञा दिएका हुन्। राउतले आफ्नो पोस्टमा विवेकी, जिम्मेवार नेतृत्व र लोकप्रियताका लागि मात्र काम गर्ने नेतृत्वबीच फरक हुने बताएका छन्।
उनका अनुसार यस्तो नेतृत्वले सही वा गलत के हो भन्नेभन्दा पनि चर्चा र सामाजिक सञ्जालमा आउने प्रतिक्रिया हेरेर निर्णय गर्ने गर्छ। राउतले यस्तो प्रवृत्तिले जिम्मेवार शासन नदिने भन्दै आलोचना गरेका छन्। उनको टिप्पणीले पछिल्लो समय काठमाडौँमा भइरहेको डोजर अभियानबारे देखिएको बहसलाई थप चर्काएको छ।







